Saturday, January 12, 2008

हिलारीको सम्झनामा

सन् २००३ मा सगरमाथा सफल आरोहणको ५० औ
वार्षिकोत्सव मनाउदाको क्षणमा प्रसन्न मुद्रामा हिलारी



-सुदीप अधिकारी, दुवई
साँझ ६ बजे, ११ जनवरी २००८


शाहसले पुर्यायो तिमीलाई शिखरमा
गगनचुम्बी हिमालका पुत्र तिमीलाई
फुलेका थियौ गुराँससरी हिमाली पाखा पखेरामा
चम्काएका थियौ आफ्नो नाम संसारको कुना कुनामा
हठात्,
हामीवीचबाट तिमीलाई यमराजले कसरी खोस्नसकेको होला
कति कठोर यो समाचार, कति निष्ठूर खवर
कसरी भुल्ने होला
तिम्रो त्यो शालीनता
अनि आत्मीयतालाई

के भयो होला झन् त्यो खुम्जुङ्लाई
सायद, पीडाको आँशुले निथ्रुक्कै भएको होला
मुर्छानै परिसक्यो पो कि
सगरमाथाले पानी खन्यायो होला नि !
शोकमा आफूनै परेपनि,
फकाई फुल्याई गर्यो होला नि !

छ भने मर्त्यलोक,तेङजिङ्लाई गएर भेट्नु
त्यहाँ सधैं संगै बस्नु
सगरमाथापनि त टाढा छैन
कथा कुथुङग्रि सुन्ने सुनाउने गर्नु
नया खबर पनि उसैबाट बुझने गर्नु
बोर कहिल्यै नहुनु
नेपालीलाई सगरमाथाको हातबाट
संसमरणहरु छर्दै रहनु
धेरै के भनौ,
तिमी जुनी जुनीको लागि अंमर बनिदिनु
यहि समवेदना छ तिमीलाइ ।
घडाभरिको माया छ तिमीलाई ।

(सगरमाथाका पहिला आरोही नेपालका मित्र सर एडमण्ड हिलारीको निधनको खवरले म मर्माहत् भएको छु। अनि त्यसै त्यसै म मा यि भावनाहरु उब्जिए ।यो कविता मैले हिजोनै उनको अवसानको खबर सुन्नेबित्तिकै लेखेको हुँ। - 12 Jan, 2008)

1 comment:

आकार said...

हिलारी अब मात्र सम्झना मा छन् ।
तपाइलाइ मेरो नाम जान्ने इच्छा रहेछ, तर के गर्नु मलाई अहिले नै मेरो नाम flash गर्ने ईच्छा भने छैन, त्यो पनि सार्वजनिक ठाँउ मा । साँच्चि तपाइको आर्टिकल blog.com.np मा पढे जस्तो लाग्यो । अँ अनि मेरो बारे मा भन्दा मेरो घर सर्लाही - अनि म तराइ मा बस्ने नेपाली । तर तपाइलाई नाम नजानिनहुने पर्यो भने email गर्नु न है । Thanks ! मेरो कुरा पनि पढिदिनुभएको मा ।

उही,
आकार

Google