Wednesday, October 8, 2008

Sad news in festive season in Nepal

A small airplane crashed and caught fire Wednesday as it tried to land in foggy weather at a tiny mountain airport near Mount Everest, killing 18 people, including 16 tourists from Germany, Australia and Nepal, officials said.
Witnesses raced onto the tarmac in search of survivors but there was only one — the pilot. The 19-seat Yeti Airlines plane, which had taken off from the capital, Katmandu, snagged its wheels on a security fence during its landing at Lukla airport, about 40 miles (60 kilometers) from Mount Everest, said Mohan Adhikari, general manager of the Katmandu airport.
The DeHavilland DHC-6 Twin Otter caught fire and came to a stop on the airport grounds, Adhikari said.
A fog had descended on the airport just before the crash, said Suraj Kunwar, who was at Lukla waiting for a flight.
"Suddenly there was a big bang, and flames came out of the plane," he said. "All the passengers waiting for planes ran to help douse the flames, but the passengers were already dead."
The tiny Lukla airport, little more than a runway carved into the side of the Himalayas at an altitude of 2,800 meters (9,200 feet), is famous among travelers for its dramatic scenery, stomach-lurching landings — and occasional crashes. The runway ends in a steep drop of a few hundred meters (feet). The Twin Otter is known for its ability to take off and land on short runways.
The visibility at the airport was about 1,310 feet (400 meters), just enough for the aircraft's landing, he said.
Adhikari said 19 people were on board the plane, including 12 German, two Australian and two Nepalese tourists. There were also three Nepalese crew members — a pilot, co-pilot and flight attendant. The pilot was flown to Katmandu and hospitalized in critical condition though Vijay Shreshta, executive director of Yeti Airlines, said his injuries were not believed to be life-threatening.
The 12 Germans were on a tour run by Munich-based Hauser Exkursionen.
"We are completely shocked," said Michael Schott, who owns the company, adding that one of the Nepalese victims was the group's tour guide.
He declined to release the names of the victims, pending identification of the bodies and notification of their families.
The bodies were flown back to Katmandu by military helicopter and were unloaded by soldiers wearing jungle camouflage.
The airport is an important jumping-off point for trekkers and mountaineers heading to Everest.
The walk takes several days from there to Mount Everest Base Camp.
In 2005, nine passengers and three crew members survived a crash at the airport in a small Gorkha Airlines plane with minor injuries.
source:AP

Wednesday, August 27, 2008

वाई०सी०एल० को पत्रकारप्रतिको ब्यवहार कहिले सुध्रिने ?

-सुदीप अधिकारी-
संगठन अवश्यनै हक हित र राम्रो कामका लागि खोलिन्छ। तर संगठनले उद्देश्य विपरित गलत काम गर्दै जान थाल्यो भने त्यो समाजको लागि घातक सिध्द बाहेक केहि हुदैन। यस्तै कुराको उदाहरण पेश गरेको छ हालै कतारमा कान्तिपुरकर्मीमाथि गरिएको हमलाको घटनाले। यो घटना एउटा पत्रकारमाथि मात्र आईलागेको घटना होइन यो घटनाको अर्को असर कतार र अन्य खाडी राज्यमा काम गर्ने नेपालीहरुमा पनि पर्ने देखिन्छ।
सबैले जाने बुझेको कुरो हो कि खाडीका सबै राष्ट्रमा खुल्ला राजनीतिक गतिबिधि गर्न पाईदैन। जो आफ्नो राजनीतिक शक्ति स्थापना र बिस्तार गर्न चाहन्छन् ति पार्टीहरु अन्य नाम प्रयोग गरेर संचालित भएका हुन्छन्। कतारको जन प्रगतिशिल मन्च पनि यहि छद्म नाम प्रयोग गरी ने०क०पा० माओबादीको संगठन र बिस्तारमा लागेको छ। यस्ता नेपाली संगठन कतारमा मात्र हैन खाडीका सबै देशमा च्याउसरि छन्। माओबादी पार्टीको मात्र होइन नेपालका प्रमुख राजनीतिक पार्टीका आ-आफ्ना नाममा सबैका भात्री संगठन खोलिएका हुन्छन्। जव जव देशमा काम नपाएर मेनपावर एजेन्टलाई पैसा बुझाउदै आर्थिक उन्नतीको बाटो देखेर नेपाली युवाहरु अन्य देश लगायत खाडी राष्ट्र पसे अवश्यनै उनिहरुले नेपालमा पछयाएका राजनीतिक पार्टीका बिचार बोकेरनै भित्रिए। अनि देशको छिट्-छिटो बदलिएको राजनीतिक परिद्रिश्य सँगै लाखौको जमातमा बिचार मौलाउने र फैलाउने अवसर स्वभाबिक बन्दै गयो प्रवासमा पनि।
तर मुख्य समस्या यहाँ छ कि ति प्रवाशका संगठनहरुले आफूहरुको संगठन नेपाल भूमिभित्र संचालीत नभएर खाडीको राजनीतिक गतिबिधि गर्न प्रतिबन्धित ठाउँमा संचालीत छ भन्ने कुरो बिर्सन थालेका छन्। आ-आफ्ना समुदाय र देशका पर्व मनाउन भेला हुन र साँस्क्रीतिक कार्यक्रम गर्न सम्म छुट पाउने संघ संस्थाहरुले देशको प्रमुख राजनीतिक पार्टीका नेताहरुलाई बोलाएर कार्यक्रममा हुल-हुज्जत गर्न थालेपछि के अव त्यहाँको स्थानिय सुरक्षा निकाय कानमा तेल हालेर बसिरहला त ! शेख (राजा)हरुद्वारा शासित यी राज्यहरुमा नीति-नियमहरु दिनदिनै फेरीइरहने प्रिश्टभूमिलाई हेर्ने हो भने कुनै दिन कतारमा नेपालीहरुलाई २-३ बर्षको लागी कामदार भिसा बन्द गरियो रे भन्ने समाचार सुन्नुपर्ने दिन आउने छैन भनेर भन्न सकिदैन। त्यो निर्णय हाललाई नआईहालेपनि नेपालवाट कामदार मगाउने नीतिमा कडाईका तह बढ्न सक्छ्न्। हालसालै बहराईनमा एउटा बंगलादेशी कामदारले स्थनीय नागरिकको हत्या गर्दा बहराईनी सरकारले महिनौसम्म बंगलादेशबाट कामदार मगाउन प्रतिबन्ध लगाएको घटना ताजै छ। हुलहुज्जत र झोंकि स्वभाबका भनेर मलेशिया, साउदी अरेविया तथा कुवेत सरकारले बंगलादेशी कामदार नचाहिने भन्न थालेको छ। त्यसैले हामी नेपालीहरुले पनि यो कुरा बुझ्नु पर्छ कि हाम्रा गतिबिधिहरु कुन बाटातर्फ मोडिदैछन्। श्यामसुन्दर शशिले आफ्नो बिबरण कान्तिपुरमा लेख्दा "लुमा"नामको मादक पदार्थ खाई वाइ०सी० एल० कार्यकर्ता आई लाग्न आएको कुरा पनि यहाँ उल्लेख गर्नु सान्दर्भिक ठान्दछु। यदि त्यस्तो हो भने माओबादीको सामाजिक सुद्दिकरणको अभियान कहाँ पुग्यो ! उच्छ्रिङ्खल ब्यक्तिहरुलाई किन कार्यक्रममा समावेश गराइयो ? भरखरै काँडै काँडाहरुबिच पाइला अगि बढाउन थालेको आफ्नो पार्टी सरकारमा रहेको बेला बिना आमन्त्रण समाचार संकलन गर्न आएको भन्ने जस्तो यस्तो दरिद्र बिचार प्रदर्शित गर्दा सम्पूर्ण प्रवासी नेपालीहरुमाझ के सन्देश जान्छ भन्ने कुरो माओवादी पार्टीले सोचेको छ!देख्दा झिना मसिना लाग्ने भएपनि यस्ता कुरामा सबैले गहिरिएर सोचिनु पर्छ। हिजोसम्म देश युद्धमा छँदा बिदेशका गएका नेपालीहरुले पठाएको रेमिटेन्सले देशको अर्थतन्त्र धानिएको भनेर बार बार रटान लगाइन्थ्यो। प्रवासी नेपालीहरुको सम्मेलनमा नेता प्रचण्ड लगायत सबैले बिदेशिएका नेपालीहरुको लागी केहि न केहि गर्ने नभनेका होइनन्। तर हालैको प्रधानमन्त्रीले गरेको राष्ट्रवासीको सम्बोधनमा प्रवासी नेपालीहरुको बारेमा बोल्न छुटाइएको छ। खाडी लगायत बिदेशिएका नेपालीहरुको आम्दानीलाई देशको निर्माणमा उपयोग गर्ने रणनीति सरकारको हुनुपर्छ भने देशमै रोजगारी सिर्जना गरी अधिकांश तल्लो दर्जाको काममा बिदेश पस्नु पर्ने नेपालीहरुको बध्यताबाट उनीहरुलाई मुक्त बनाइनुपर्छ। कतारमा घटेको यो घटना पनि बेरोजगारीबाट सिर्जित घटना हो भनेर हामीले लिनुपर्छ। र,यदी होसियारीपुर्वक लागिएन भने नयाँ नेपाल कहिल्यै बन्ने छैन।
-हाल: दुवई, यू० ए० ई०



Sunday, June 22, 2008

गणतन्त्र र नयाँ नेपाल: जनताको मनवाट अझै टाढै

-सुदीप अधिकारी
नेताहरु शासक हुन् कि जनताका सेवक? अहिले यो प्रश्न सायद प्रत्येक सचेत नेपालीहरुका मनमा उग्र रुपमा मडारि इरहेको विषय होला।'मेरो गोरुको बार्है टक्का' ठान्ने भाले पार्टीहरुको हठको कारण राष्ट्रपतिको चयन तथा सरकारको गठन यी हरफहरु लेख्दासम्म हुन सकिरहेको छैन भने राष्ट्रका बिभिन्न क्षेत्रमा भद्रगोलको स्थिति देख्दा के यो देशमा 'कानूनको शासन' छ !सोच्नैपर्ने बिषय टड्कारो देखिएको छ। निर्वाचन सकिएको २ महिना पूरै नघिसकेको अनि राजतन्त्रको टोपी औपचारिक रुपमै फूस्किसकेको पनि तीन हप्तानै हुन लागिसक्यो तर 'आर्थिक क्रान्ति' ल्याउने नयाँ सरकार र देशको पहिलो राष्ट्रपति कहिले र कसरी फेला पारिइने हो अन्योलनै छ।
'गणतन्त्र'नेपालीहरुको आशा र भरोशाको केन्द्रबिन्दू थियो। तर समस्याहरु एकरत्ति पनि नघटेपछि जनतामा गणतन्त्रप्रतिको आकर्शण ह्वत्तै घटेको छ।यो नेपाली राजनीतिको लागि ठूलो खतराको संकेत हो भने संगसंगै देशको अग्रगमनको लागि बाधक मनोबिग्यान पनि। नेपाल कम्यूनिष्ट पार्टी (माओवादी)ले संविधान-सभाबाट सबैभन्दा ठूलो पार्टीको नयाँ स्वरुप पाउँदा-पाउँदै रामहरि श्रेष्ठ हत्याकाण्ड तथा अन्य थुप्रै वाईसिएल सम्मिलित घटनाको कारण कांग्रेश, एमालेले चुनाव पराजयको पिडालाई धेरै दिन सहन गर्नु पर्ने अवस्थै परेन। तत्कालिन र दिर्घकालिन देश बिकाशको परिकल्पनामा डुब्न थालिसकेको माओवादी नेत्रित्व अहिले शक्तिको तानातान र हानाहानमा खूँखार अनुभवी कांग्रेश-एमालेसँग वाध्यतापूर्वक मरिमरि टेवल-टक गरिरहेछ।कुनैपनि सधारण नेपाली, जो नेपाल फलोस्-फूलोस् भन्ने चाहन्छ उसले सायदै त्यो काम कांग्रेश,एमालेवाट हुनसक्ला भनेर सोचेको होला तर त्यति हुदाहुदौ पनि माओवादी यत्रो दिनमम्म बुढा पार्टीहरुको चुंगुलमा फस्नु उसको आफ्नै कमजोरी जिम्मेवार छ।तर त्यो नेपाली जनताको समग्र चाहना अनुरुप भने होइन किनकि जनता पुरानो सोचबाट बाहिर आइसकेको अवस्था छ। नेपाली जनताले अव अनुहारलाई हेर्ने होइन कामलाई हेर्नेवाला छन्।
कानूनको शासन(Rule of Law) निस्क्रिय बन्दै गएको अवस्था देशको अर्को सोमालियाकरण हो।बिसशित देशमा कहिंपनि यस्तो हुन्न। देशको केन्द्रिय सत्तबाट एउटा पार्टी निस्कने र अर्को पार्टी सत्तासिन हुने कारणले प्रशासनका अन्य अंग प्रभावित हुने गर्दैनन्। छिमेकि भारतमा समेत यस्तो हुने गर्दैन। झन जन-जिविकासँग सरोकार राख्ने अंग त यस्तो संक्रमणकालिन अवस्थामा जनताको साथी बन्नुपर्ने हो। तर यहाँ हालै यसको बिपरित कार्य भयो। सरकारले पेट्रोलियम पदार्थको मूल्य ब्रिध्दी गरेको खवर भुईमा खस्न नपाउदै स्वनामधान्य यातायात व्यवसायी महासंघले रातारात ४० प्रतिशतसम्मको अनुपातमा सम्पूर्ण सवारी साधनमा मूल्य ब्रिद्धी गर्यो। अनि गोहीको आँशु चुहाउदै सरकारलाई दवाव भन्दै बन्दको नाटक मन्चन पनि गर्यो। केन्द्रमा शक्ति बाँडफाँडको झगडा हुदैगरेको र सरकार कमजोर देखेरनै निरिह यात्रुमाथि तेलको मूल्य भन्दा धेरै बढि प्रतिशतमा यातायात मुनाफाखोरहरुले भाडा ब्रिद्धी गरिसकेका छन्। र, यात्रीहरु चुपचाप तिर्न बाध्य छन्। यहाँ भन्न खोजिएको-तेलको मूल्य बढ्दा सवारी साधनको भाडा ब्रिद्धी हुनु त स्वभाविक हो तर यातायात व्यवसायीहरुले धमिलो पानीमा माछा मार्न खोजेको कुराप्रति मात्र बिरोध हो।अनि हामी नेपाली जनताको ठूलो अभिशाप चाहिं, भाडा निर्धारण गर्ने सरकारी निकाय पूर्व तयारीमा नबस्नु अनि अझ अगाडि भन्दा जनताको प्रत्यक्ष सरोकारमा कुम्भकर्णझै निदाउनु आश्चर्यचकित कुरा छ। उपभोक्ता जाग्दै गएपछि बल्ल सरकारी निकाय आधिकारिक भाडा तोक्न बार्तामा बसेको छ। यो अवस्था भनेको 'कानूनको शासन'ले काम नगरेको अवस्था नै हो।
दशौं दिनसम्म फोहोरको डूंगुर काठमाडौं उपत्यकाको सडकका चोक-चोकमा थुप्रिदै गर्दा त्यसको दुर्घन्दले हाम्रा जम्बो नेताहरुलाई कत्ति पनि दुषित तुल्याएन।मानौ वहाँहरुको राजनीतिक एजेण्डामा यि सारै झिनामसिन कुरा हुन्। तर अव नेपाली जनताले राष्ट्रलाई नयाँ नेपालको चश्माबाट हेर्न थालेका छन्। हर क्षेत्रमा अव्यवस्था र भद्रगोल यस्तै रहिरह्यो भने कांग्रेश, एमालेमात्र हैन माओवादी पनि जनताको आँखामा धमिलो बन्दै जाने निश्चित छ। त्यसैले संक्रमणकाललाई तूरुन्तै समाप्त पारेर नेत्रित्व वर्गले कानुनको शासनलाई मजबुत तुल्याउनु अनि सँगसँगै पुरानो ढरराको सत्ताको घिनलाग्दो खेल सँधैको लागि त्याग्नु राष्ट्रको लागि एकदम जरुरि छ।
हाल:काठमाडौं।

Tuesday, March 25, 2008

यूएईको विकास र यससँगै जन्मिएका प्रवासी नेपालीका नयाँ चुनौतिहरु

-सुदीप अधिकारी-
यूएईलाई कामको गन्तव्य बनाउने नेपालीहरुको संख्या जति जति बढ्दै छ त्यतिनै म्रीत्युका खबरहरु आजकल बाक्लिदै जान थालेका छन्। मार्चको पहिलो हप्ता नुवाकोट स्थायी घर भएका,नाताले काका भतिज पर्ने पूर्ण बहादुर सडौला र विचारी सडौलाको लाश शारजाहस्थित भतिज विचारीको कोठामा ह्रिदयविदारक अवस्थामा फेला पर्यो भने त्यहि हप्ता गोर्खा स्थायी घर भएका सुरक्षागार्डमा कार्यरत अर्का नेपाली पदमबहादुर गुरुङलाई अज्ञात व्यक्तिहरुको छुरा प्रहार गरि हत्या गरे।यहाँ एकातिर यस्तै नेपालीहरुप्रति हत्याका घटना घटाईन थालिएको छ भने साथसाथै कतिपय अवस्थामा नेपालीहरुले आत्महत्या गरेका समाचार पनि निक्कै सुनिन थालेको छ।
शारजाहमा घटेको काका-भतिजको म्रित्युको घटनाको बारेमा स्थानिय छापाहरुले प्रमुखताका साथ समाचार छापेपछि खासगरी नेपाली समुदायमा खलबलिनै मच्चिएको थियो। बिभिन्न कारणबाट नेपालीहरुको म्रित्यु भएको खबर स्थानिय पत्रिका तथा अन्य संचार माध्यम मार्फत आजकल बढ्तानै आउन थालेको छ। कोही बाटो काट्न हत्तारिदा उच्च गतिको गाडिको कुल्चाईमा पर्छन् त कोहि कार्यक्षेत्रमै दुर्घटनामा परेर ठाउँको ठाउँ ठहरै हुन्छन्। आकस्मिक रुपमा घट्ने घटना त मानविय नियन्त्रण भन्दा परको कुरा हुन्छ तर कतिपय म्रित्युहरु भने मानव आफैले निम्त्याउने गरेको पनि देखिन्छ।
यूएईको समाज खुलापनमा आधारित छ। महत्वाकांक्षी परियोजनाको निर्माण तथा बिकासक्रमले दुवई र आबुधाबी चम्किदा छन्।नेपाली खुला-रहनसहनमा हुर्किएका हामीहरुलाई यहाँ पनि खुलापनकै अनुभव हुन्छ।त्यसैले पनि होला खाडि राष्ट्रहरुमा यूएई अव नेपालीहरुको दोश्रो रोजाईमा पर्न थालेको छ।श्रम विभागको विवरणलाई पल्टाउदा यहि तथ्य देखिन्छ। अवसरै अवसरको यो देशमा बिकास निर्माण द्रुत गतिमा अघि बढ्दै जाँदा समस्याहरुको चाङ् पनि चुलिदै जान थालेको छ, भुक्तभोगीहरु यही बताउछन्।
विश्वमै नाम चलेका वहुराष्ट्रिय कम्पनिहरुले यहाँ पहिलेजस्तो आफ्नै आवासमा कामदारहरुलाई राख्ने परम्परा हट्दै गएको छ। फलस्वरुप काठमाडौको गल्ली-गल्लीमा कोठाको लागि भौतारिएजस्तै अव यूएई छिर्ने कामदारको दैनिकी पनि त्यस्तै बन्दै जान थालेको छ। सायद भूमण्डलीकरणको प्रभाबले होला काठमाडौमा डेरा पाउन गार्हो परेजस्तै यहाँपनि घरमालिकबाट कोठा दिनु अधि डेरा बस्नेको "तीन पुस्ते"बुझ्ने प्रयास हुन्छ। बसेको तीन महिना नबित्दै नगरपालिकाले घर भत्काउने भो भन्ने बहानामा घरपटिले एक हप्ताको म्याद दीई कोठा खाली गर्न भन्दा फेरी काठमाडौकै झलझली याद दिलाउछ। अझ समस्या त बहालको हो।काठमाडौमा १५०० रुपैयांमा पाईने आकारको कोठालाई यहाँ नेपाली रुपैयाँ ६०००० देखि ७०००० सम्म पर्न थालेको छ। धट्ने त नामै नलिउ बढ्ने यो रफ्तारले नेपालीको आयलाई अरु घटाउने निश्चित छ। नेपाली मात्र हैन अन्य राष्ट्रका नागरिकको पनि यहाँको महंगाईले सातो खान थालेको छ। जुन कम्पनिहरुले आफ्नै आवासमा कामदारलाई राख्छन् तिनीहरुले तलबबाट मनग्ये पैसा काटिसकेका हुन्छन्। यस्ता आवास आधाअस्तो अव्यवस्थित तथा असुरक्षित छन्। कतिपय आवासमा त बिजुली पानीको बिलको पैसा पनि कामदारको तलबबाट काटिने गरेको गुनासो आउने गरेको छ।
झन ट्राफिक जाम त दुवईको विशेशतानै भैसकेको छ। ड्युटीमा जाँदा वा फर्कदा सार्वजनिक बस सेवाको उपयोग गर्न पाइयो भनेपनि आफूलाई भाग्यमानी संझनुपर्ने दिन आईसकेको छ। ट्याक्सी र बस बाहेक सार्वजनिक सेवाका कुनै साधन नभएको हुनाले आफ्नो निजी कार नहुनेहरुको यहाँ विचल्निनै छ भन्दा हुन्छ।त्यसैले यूएई, खासगरी दुवईमा बसोबास गर्नेलाई, यो ठाउँमा सबैकुरा भएर पनि धेरै कुरा नभएको अनुभूति हुन्छ।
लेखको शुरुमै भनिएजस्तो यूएईमा नेपालीहरुको म्रित्युदर सामान्यभन्दा बढिनै उकालो लाग्न थालेपछि यहाँ बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायमा चासो र चिन्ताको बिषय बनेको छ। त्यसमा पनि नेपालीको म्रित्युको कारणमा आत्महत्या र हत्याको स्थान ठूलो रहनु भनेको सामाजिक समस्यानै बढेको भन्नुपर्ने हुन्छ। वास्तबमा नेपाली समुदाय भित्रै हत्या तथा आत्महत्याको घट्ना बढ्नुमा हाम्रो आफ्नै अनुशासनहिनता तथा सोच पनि केही जिम्मेवार छ। नुवाकोटको एउटा वस्तीबाट परिवारको मुख उज्यालो पार्न सकिएला भनेर कति दुखले यूएई छिरेका ति काका-भतिज म्रित्युको मुखमा पुग्नुमा एउटा बलियो कारण मादक पदार्थ अनुमान गरिएको छ। भतिजलाई भेट्न काका छुट्टी मनाउने गरि दुवईबाट शारजाह गएका छन् र पछि उनीहरुले कोठामा सक्दो सम्म मादक पदार्थ सेवन गरेका छन्। प्रहरिले बरामद गरेको थुप्रै वियरका क्यानबाट यहि कुराको पुष्टि हुन्छ।यो घटनामा प्रहरिले काका भतिजबिचमै झगडा भएको प्रारम्भिक रिपोर्ट बाहिर ल्याएको थियो भने अनुसन्धान जारि राखेको बताएको थियो। यहाँनिर खास के भन्न खोजिएको हो भने परिवारका ठूलाबडा वा पति-पत्निको नजरबाट मुक्त भएको ठानी दुर्व्यसन तथा गलत काममा फस्दै गईयो भने त्यसले एकदीन न एकदीन त बिनास निम्त्याएरै छाड्छ। यूएईका छरपस्ट डिस्को र वारहरुमा नेपालीहरुको ठूलो हिस्साले धाउनु एउटा वास्तबिकता हो भने अर्को तितो सत्य यो हो कि घरमा झरझराउदी अर्धाङ्रिनी भएका कतिपय नेपालीहरु यहाँ अघोषित दोश्री श्रीमति राखेर ढुक्कले बसेका छ्न्।गुण बढी खाए तितो हुन्छ भनेझै हर कुरा सिमितता भित्र मात्र राम्रो हुन्छ र देखिन्छ। नेपालीहरुले यसरी यहाँ मादक पदार्थमा भुल्नुको सट्टा समुन्द्री किनार वा पार्कमा गएर पिकनिक मनाउने गर्ने गरे स्वस्थ मनोरन्जन र छुट्टी दुबै हुने थियो कि।
नेपालीहरु बिभिन्न कामको सिलसिलामा यूएईमा मात्र हैन विश्वभरि छरिएका छन् र यो क्रम द्रुत गतिमा बढ्दो छ। पढाईलाई आधार बनाएर धेरै नेपाली यूरोप, अमेरिका छिरिरहेका छन् भने कामको लागि जापान, कोरिया, मध्यपूर्व तथा सूदुरपूर्व हानिनेहरुको ताँति बढेको बढै छ। अ-आफ्नो उध्धेश्य लिएर देश छोडेको नेपाली, अमेरिकी सडकमा दुर्घटनामा परेर म्रित्यु भएको होस् वा कतारको सडक चौडा पार्दै गर्दा क्रेन खसेर ठाउँको ठाउँको ठहरै भएको होस् आखिर देशले आफ्नै होनहार नागरिक गुमाएको हो।भोलि नेपाल आफै निर्माणको चरणमा प्रवेश गर्दा सिप सिकेका, जान्ने बुझ्ने मान्छेनै चाहिन्छन्। र, यदि राज्य आफ्ना नागरिक बिदेशी भूमिमा पनि बढि भन्दा बढि सुरक्षित रहुन् भन्ने चाहन्छ भने आफ्ना प्रत्येक नागरिक, कामको लागि होस् वा अध्ययन तथा व्यापारको लागि विदेशिन लागेको होस्, उसलाई अभूमुखिकरण तालिम जस्तै अन्य बढि सचेततासम्बन्धी ग्यान दिलाएर पठाउने गरियो भने नागरिक, समाज अनि अन्तत देशकै भलो हुने थियो।
दुवई, यूएई

Sunday, February 10, 2008

'NEW TYPE OF BIRD' FOUND IN NEPAL

A previously unknown sub-species of bird has been discovered in the southern grasslands of Nepal, scientists say.



The bird is a warbler with a very long tail and slender beak and has been named the "Nepal Rufous-vented Prinia." Scientists say the bird provides an important geographical link between previously-known varieties in Pakistan and India. But they warn its tiny population means the sub-species is endangered. The bird was first spotted in 2005 in a wetland area. But it is only now that taxonomists have decided it is distinctive enough to be described as a separate sub-species.


'Exciting find'


It has different dimensions from the two other types of Rufous-vented Prinia, and in colour comes between the rich chestnut of its western neighbour and the grey of the one to the east.


Hem Sagar Baral of Bird Conservation Nepal said the find is exciting because while the other two types belong to Pakistan's Indus river basin and the Brahmaputra of north-east India, this Nepalese sub-species fills the gap. The latest find "appears to form the link" between the two pre-existing sub-species, he said. The new find brings the number of bird species spotted in Nepal to an exceptionally high 862.
But the conservationists are warning that with habitat loss and degradation, the newly-identified variety is highly threatened, with at most 500 birds currently alive. They are however elated that it has been found in a reserve which is well monitored by bird-watchers, and are now speculating that there may be more species waiting to be found - new to Nepal, or even to the world.
source: BBC

Saturday, January 12, 2008

हिलारीको सम्झनामा

सन् २००३ मा सगरमाथा सफल आरोहणको ५० औ
वार्षिकोत्सव मनाउदाको क्षणमा प्रसन्न मुद्रामा हिलारी



-सुदीप अधिकारी, दुवई
साँझ ६ बजे, ११ जनवरी २००८


शाहसले पुर्यायो तिमीलाई शिखरमा
गगनचुम्बी हिमालका पुत्र तिमीलाई
फुलेका थियौ गुराँससरी हिमाली पाखा पखेरामा
चम्काएका थियौ आफ्नो नाम संसारको कुना कुनामा
हठात्,
हामीवीचबाट तिमीलाई यमराजले कसरी खोस्नसकेको होला
कति कठोर यो समाचार, कति निष्ठूर खवर
कसरी भुल्ने होला
तिम्रो त्यो शालीनता
अनि आत्मीयतालाई

के भयो होला झन् त्यो खुम्जुङ्लाई
सायद, पीडाको आँशुले निथ्रुक्कै भएको होला
मुर्छानै परिसक्यो पो कि
सगरमाथाले पानी खन्यायो होला नि !
शोकमा आफूनै परेपनि,
फकाई फुल्याई गर्यो होला नि !

छ भने मर्त्यलोक,तेङजिङ्लाई गएर भेट्नु
त्यहाँ सधैं संगै बस्नु
सगरमाथापनि त टाढा छैन
कथा कुथुङग्रि सुन्ने सुनाउने गर्नु
नया खबर पनि उसैबाट बुझने गर्नु
बोर कहिल्यै नहुनु
नेपालीलाई सगरमाथाको हातबाट
संसमरणहरु छर्दै रहनु
धेरै के भनौ,
तिमी जुनी जुनीको लागि अंमर बनिदिनु
यहि समवेदना छ तिमीलाइ ।
घडाभरिको माया छ तिमीलाई ।

(सगरमाथाका पहिला आरोही नेपालका मित्र सर एडमण्ड हिलारीको निधनको खवरले म मर्माहत् भएको छु। अनि त्यसै त्यसै म मा यि भावनाहरु उब्जिए ।यो कविता मैले हिजोनै उनको अवसानको खबर सुन्नेबित्तिकै लेखेको हुँ। - 12 Jan, 2008)

Wednesday, January 9, 2008

यूएईको बदलिदो चित्र, मेरो मानसपटलमा

-सुदीप अधिकारी
सरदर डेढ लाख नेपालीको हालको कर्मथलो संयुक्त अरव इमिरेट्सले डिसेम्वरको पहिलो हप्ताभरि धुमधामसँग आफ्नो स्वतन्त्रताको ३६ औ वर्षगाँठ मनायो। बिकास र निर्माणको पर्यायी बनेको यो देशको बारेमा यस अवसरमा मैले केहि नलेखी बसिरहननै सकिन।
हुनत "मरुभूमिको देश" भनेर चिनिने गरेको यो देशको यो विशेषणयुक्त नाम अव वास्तबिकतामा हरियालिको देशमा परिवर्तित हुँदै गैरहेको छ। हाम्रा काका बाजेले भन्ने गरेका- "पानी नभएकाले लुगा लगायो लगायो फाल्यो" भन्ने टुक्काको विपरित यहाँ २४ सै घण्टा अटुट पानी उपलब्ध हुन्छ अहिलेको बिकसित यो देशमा। बरु हाम्रा पालामा आएर यो टुक्का हामी नेपालीतिरै फर्किदै गरेको आभास जनता जनार्दनले गर्नु परिरहेको छ।सातवटा राज्य मिलेर बनेको यो देशमा संसदीय परम्पराको सुरुवात अहिलेसम्म पनि भएको छैन तर कुनै पनि ब्यक्ति जो स्वदेशी वा बिदेशी होस्, यहाँको खुल्ला जनजीवनमा आफूलाई धेरै सुरक्षीत महसुस गर्छ। मुस्लिम रास्ट्र भएपनि सबै धर्मावलम्बीहरुलाई आ-आफ्नो धार्मिक स्थलमा भेला हुने पूर्ण स्वतन्त्रता छ। एकले अर्कालाई सम्मान गर्नुपर्छ भन्ने शन्देश राज्यले आफ्ना निकायहरुबाट बिभिन्न माध्यममार्फत दिईरहेको हुन्छ। तेलको धनी भनिएपनि खासगरि दोश्रो ठुलो राज्य दुवईलेत निर्माण र ब्यापारको माध्यमबाट आफ्नो भूमिलाई पच्छिमा राष्ट्रको कुनै ठूलो शहरसँग कुममा कुम जोड्दै छ। रियलस्टेटको ब्यापार यति बढेको छ कि-लाग्छ अवको १०-१५ वर्षमा दुवई विश्वकैसबैभन्दा ठूलो शहरमा गनिनेछ। तर यहाँको बिकास असन्तुलित भने छैन। यहाँ जति नयाँ नयाँ नमूनाका घरहरु बन्दै छन्, त्यतिनैबढी मानिसहरुलाई आरामको लागि गोदावरी मार्काका हरियालि पार्कहरुपनि बन्दैछन्। शैक्षिक बिकासमा, सरकारले दुवईमा "नलेज भिलेज"नाम दिएर अलग्गै क्षेत्रको स्थापना गरेको छ जुन उसको शिक्षाप्रतिको ठूलोचाख झझल्किन्छ। ठूला ठूला ब्यापारिक कम्पनिहरुमा पढेलेखेका बिदेशिहरुको हालिमुहाली भएको हुनाले पनि होला यहाँका शासकहरुमा यो मनोबैग्यानिक दवाव परेको हुनुपर्छ कि ति ठाउँहरुमा आफ्नै नागरिकहरुलाई शिक्षित बनाएर भरुँ। नीति-निर्माणको क्रममा भविश्यमा के हुन्छ तर हाललाई यो देशमा व्यापार कर सरकारलाई तिर्नु पर्दैन। तलवमा पनि कुनै कर लाग्दैन। त्यसैले पनि हुनुपर्छ बढि भन्दा बढि पच्छिमेलीहरु यहाँ ओइरिएका ओइरियै छन्, ब्यापार गर्न होस वा तलवी रुपमा काम गर्न। भन्ने गरिन्छ कि- पच्छिमेलीहरु दुवईमा आफ्नो देशभन्दा कम्तिमा पाँच दोब्बर कमाई गर्छन्।
समुन्द्रको माध्ममबाट आयात निर्यात गर्न अफ्रिकिहरुको लागि यूएई विशाल केन्द्रस्थल हो भने नेपाल जस्ता दक्षिण एशियाली रास्ट्रको लागि कामदार निर्यात गर्ने देश। हाम्रा छिमेकि रास्ट्र- खासगरि भारत र पाकिस्तान यूएईलाई कामदार मात्र निर्यात गर्दैनन् दिनहू लाखौ टनका टन आफ्ना करेसाबारीका सागसब्जी यूएईबासिका भान्सामा भर्न सिपालु भइसकेका छन्। उव्जाउ भूमि नभएको र प्रतिकूल मौसमको फाईदा हाम्रा ठूला छिमेकी देशले मज्जैले लिएको भएपनि हाम्रो देशले भने यो वास्तविकतालाई अझसम्म नबुझेको हो वा बुझेर पनि बुझ पचाएको हो, बुझ्न सकिएको छैन।
समुन्द्रको विचमा करोडौं टन माटो ओछयाएर निर्माण गरिदै गरेको अलग्गै बस्ती भने दुवईका शासकले लिएको महत्वाकांक्षी कदम मान्नुपर्छ। दुईवटा खजुरको बोटको आकारमा अनि तेश्रो चाहि विश्व मानचित्रको आकारमा निर्माणाधिन भब्य यि निर्माणले यू एईको नक्सालाई मात्र परिवर्तन गर्ने छैन विश्व आश्चर्यको इतिहासमा एउटा अर्को नाम पनि थप्ने छ।
यस्ता नया नया योजनाको परिकल्पनाकार भने दुवईका शासक शेख मोहम्मदलाईनै मान्ने गरिन्छ। यहाँनेर, ममा मात्र हैन सायद यहाँ काम गर्ने सबै नेपालीको मनमा यो कुरो खेल्दो हो कि- शासनको स्वरुप ठूलो कि, द्रिढ निश्चयी शासक महान ! नेपाल पुरानो देश त हो, दशौंपटक वहुदलिय शासन अनुरुपका शासक सत्तामा आसिन भएपनि हम्रो देशको कुनै विवरण पढ्न डाटाको शुरुभन्दा पूछारवाटै पढ्न छिटो हुन्छ तर यो देशले अहिले आफ्नो ३६ सौं वर्षगाँठ मनाउदा यस देशका नागरिकहरु प्रतिव्यक्ति आय गर्नेमा विश्व डाटाको माथिबाट पढ्दा उच्च पन्ध्रभित्रमा पर्छन्।
एउटा सानो सन्दर्भ- केहि समय पहिले हाम्रा नेपाली नेता भरतमोहन अधिकारीले यूएईको निजी भ्रमणको क्रममा नेपालदुव ई डट कमलाई अन्तर्वार्ता दिदै भन्नुभएको थियो "यो देशलाई हेर्न दश वर्षपछि फेरी आउनुपर्छ।"वहाँको भनाई यहाँको विकाश तथा निर्माणतर्फनै निर्देशित थियो। अनि हेर्न आउने कुरा त वहाँले गर्नुभयो तर देखेका यी कुरालाई यथार्थमा बदल्ने प्रण देशका नीति निर्माता वहाँहरुले कति गर्ने गर्नुहुन्छ हामीले खोजेको कुरामध्येको हो यो। यस अवसरमा यहाँ कार्यरत हामी सबै नेपाली यो अनुरोध गर्छौं कि भरतमोहनजी मात्र हैन, सबै पार्टीका नेताहरु एकपटक यूएई हेर्न अहिल्यै आईहाल्नुस्। ढिला नगर्नुस्।
-दुवई, यूएई

Google