-सुदीप अधिकारी-
मरुभूमिको देशको रुपमा चिनिने खाडी राष्ट्र संयुक्त अरव इमिरेट्स यसपाली को मार्च र अप्रिल महिना आधाउधि झरिमा रुझिरह्यो। य्रतिमात्र हैन कल्पनानै नगरिएको,खाडीमा बाढीपनि आयो र जसको कारणले रस अल खेमा भन्ने ठाउँमा बाढीको पानीले बनेको क्रितिम तलैयामा एक स्थानीय १४ बर्षे बालकको डुबेर म्रित्युसमेत भयो। सुख्खा हावाको कारणले प्राय: बर्षमा एक पटक एक-दुई दिन मात्र पानी पर्ने यो देशमा यसरी लामो समयसम्म पानी पर्न थालेपछि आम मानिसहरु रोमान्चित त बनेकानै छन् आश्चर्यचकित पनि भएका छन्।
यसो हुनुमा अव हाम्रो नेपालमा मात्र हैन जलवायु परिवर्तनको असर खाडी राष्ट्रमा पनि देखा पर्न थालेको छ भन्ने कुराको संकेतनै हो। मे, जुन, जुलाई र अगष्ट महिना मध्यपुर्वका ओमान, संयुक्त अरव इमिरेट्स (यु० ए० इ०), बहराईन, कतार, साउदी अरेविया तथा इराक लगायतका राष्ट्रका लागी एकदमै गर्मी महिना हो र नेपालीहरु कार्यरत रहेका खाडीका देशपनि मुख्य यिनै हुन् । यो प्रदेशमा जुलाई, अगष्ट महिनामा थर्मामिटरमा तापक्रमको उचाईले ४८ सम्म छुनुलाई नियमितनै मानिन्छ साथसाथै नेपालको लागी जुन, जुलाई महिना बर्षात् ऋतु भएपनि यहाँ भने यो समय पटक्कै पानी नपर्ने महिनामा गनिन्छन्। । अव यसपालि जुलाई, अगस्टमा पनि पानी पर्यो भने अर्को आश्चर्य बन्न पुग्नेछ।
हीमालयको ओतमुनि अवस्थित नेपालको यसपालीको हिं उदको लामो समय पानी नपरिनै बित्यो। तल्ला तटीय नेपाली हिमालहरु हिं उ पग्लेका कारण काला नाङो पर्बतमा परिणत हुदै गइरहेका छ्न्। बालाजुको बाईस धाराबाट ५-७ बर्ष अघिसम्म पनि पानीका लस्करै धाराहरु झर्थे। बाईस धारा मात्र हैन काठमाडौ उपत्यकाका अन्य ढुङे धाराबाट पानी झर्न छोडेको धेरै पहिलेदेखिनै हो। शहरमा मात्र हैन गाउँ-गाउँमा खानेपानीको हाहाकार छ।बालीनालीको लागि सिंचाईको पानीको अभाबले फसलको उत्पादन एकदमै घटेको छ। सायद सरकारले "बिद्दुत् संकटकाल"को घोषणा पछि अव "खाध्यान्न संकटकाल" घोषणा गर्ने भित्र-भित्र तयारी गर्दै होला।
जलबायु परिवर्तनको मुख्य दोशी हामी जस्ता अति कम बिकशित राष्ट्र नभएर बिश्वका धनीमानी औधोगिक राष्ट्र हुन् भन्ने सबैलाई थाहा छ। हरितग्रिह ग्यासको उत्सर्जनलेनै ओजन तहलाई बिनास गर्दै लगेको हो अनि तापक्रमको ब्रिद्धि पनि। तर जलबायु परिबर्तनको असर भने प्रिथ्वीका हर प्राणी तथा बनस्पतिले भोग्नुपर्ने देखिएको छ। वास्तबमा जलबायु परिबर्तनको असर बढ्दै गयो भने त्यसको भयाबह असर हाम्रो जस्तो पर्वतिय पहाडी आनि हीमाली श्रिङ्खला भएको देशले निकै कष्ट रुपमा झेल्नुपर्नेछ। द्रुत गतिमा हिं उ पग्लेको कारणले कमसेकम ५० वटा ठुला हिमताल निर्माण भैसकेका र ती पनि बढ्दै जाने क्रममा रहेको कुरा बिभिन्न संचार-माध्यमबाट बहिर आ इसकेको छ। ती एक एक गर्दै फुटे भने त्यसले के मात्रै बिनास गर्दैन त्यो भयाबह अवस्थाको आगमनको कल्पनानै नगर्नु उचित हुन्छ होला। नेपाल त के भारत र बंगलादेशमा झन बढी सत्यानास हुनेछ। बिजुली निकाली त्यसलाई बेचेर डलर कमाई देशलाई धनी बनाउने सपना बुनीरहेको हाम्रो नयाँ नेपालमा नदी तथा खोलाहरु सुक्दै गएभने के हबिगत हुन्छ होला त्यो हामी प्रत्येक नेपालीले लिनैपर्ने चासोको बिषय हो र बन्नुपर्छ पनि। सेता हिमालमा हिं उनै हराउन थाले भने कुन बिदेशी नेपालमा दर्जनौ घण्टाको प्लेन यात्रा गरिगरि यहाँसम्म आइपुग्ला ! नीला ताल र हरिया फाँटनै हराउदै गए भने कुन साइबेरियाली पंक्षि यति लामो यात्राको पोको पन्तुरो बुन्ला ! हिजोआझ नेपालका ताल तलैयामा आ उने गरेझै । अहँ कोहिपनि यतापट्टि यस्सो फर्केर पनि हेर्न मन गर्ने छैनन्। यदि हाम्रो चारकोशे झाडीको चारकोशबाट एक मीटर जंगल पनि बाकी रहेन भने अनि हिमालबाट हिं उनै गायब भ इदियो भने हाम्रो देश अर्को खाडी बन्ने छ तर तेल बिनाको ! अनि हाम्रो देश कहिल्यै समाधान नहुने ग्रिहयुद्धको चपेटामा पर्नेछ। ए उटा रुखको बुट्यानको लागी भाई-भाईमा माराकाट हुनेछ, एक ट्यांकर पानीको लागी काठमाडौंजस्तो शहरमा गोली हानाहान हुनेछ।
मरुभूमिको यो देश यु० ए० ई०मा दुई-तीन यताका बर्षहरुमा त्यसै बढी पानी पर्न थालेको भने हैन। हामीलाई तेलको जति महत्व छ त्यो भन्दा धेरै बढी चासो यहाँका मानिसहरुमा हरीयालिप्रति छ। यहाँको नगरपालीका यति जागरुक छ कि खाली जग्गा देख्नासाथ, कि दुबो लगाउन, खजुरको बोट रोप्न वा थरिथरिका फूल फूलाउन जहाँपनि पुगिहाल्छ। निजी घर बनाउनेहरु घरको जग खन्दाखन्दै कम्पाउण्ड वरिपरि बिभिन्न जातिका बिरुवा लगाउन थालिहाल्छन्। मलको र पानीको राम्रो बन्दोबस्त भएको हुनाले होला यहाँका निजी आवास क्षेत्र त पुरै हरियालीले ढाकीएको हुन्छ। जता गयो हरियोनै हरियो देखिन थालेको छ। गोदावरी तथा थानकोट जस्ता पार्कलाईपनि भुलाउने भव्य हरिया पार्कहरु थुप्रै भैसकेका छन्। ती पार्कमा हरिया झाङ् बढ्दै गएकाले होला ढुकुर, रुप्पी, जुरेली, भगेरा जस्ता चराहरुको चिरबिर मनग्गे सुन्न पाइन थालेको छ। यो हरियालीको अभियानलाई यहाँको सरकारले अरु महात्वाकांक्षि बनाउने घोषणा गरिसकेको छ। तेल र ब्यापारले कमाएको पैसालाई ब्यवस्थित शहरिकरण र ब्रिक्षारोपणमा लगाउनाले गर्दा यु० ए० ई० ए उटा अति आकर्षक हरियालीले भरिएको देशमा परिणत हुदै गएको आजको यथार्थता हो। पानी परोस भनेर यहाँका राजाहरुले सामुहिक रुपले प्रार्थना गर्ने गरेकोमा अव त्यो गरिरहनु पनि परेको छैन।
भूमण्डलीय तापमान ब्रिद्धीमा बिकशित औधोगिक राष्ट्रको प्रमुख दोश भएपनि त्यसको प्रभाब हाम्रो सुन्दर देश नेपालमा बढी पर्न नदिन हामीलेनै आफ्नो तर्फबाट तत्कालै केहि न केहि गर्न शुरु गरिहाल्नुपर्ने देखिन्छ। तल केहि मुख्य बुँदाहरुको बारेमा छलफल गर्ने प्रयास गरिएको छ।
बनबिनाशमा रोकावट र ब्रिक्षारोपण
मानिस लगायत सम्पूर्ण जीवलाई बाँच्नको लागि अक्सिजन चाहिन्छ। तर त्यो अक्सिजनको श्रोत भनेको हरिया बोट बिरुवाहरुनै हुन्। तर छर्लङै देखिएको कुरा यो हो कि जतिजति मानिस लगायतका जीवहरुको संख्या यो प्रिथ्वीमा बढ्दै गईरहेको छ त्यतिकै मात्रामा हरिया घाँसे चौर, झाडी तथा घना जंगलहरु मासिदै गएका छन्। यसले गर्दा स्वत: जैवीक असन्तुलन बढ्न गइ रोगब्याधीहरुले मानिसलाई सजिलै गाँज्न थालेको अवस्था छ। दिनदिनै नयाँ नयाँ नामका रोग देखा पर्दै गइरहेका छन् र स्वास्थ्यबिज्ञानलाई ती नयाँ रोग बिरुध्ध लड्न हम्मे हम्मे परिरहेको देखिदै पनि छ। विश्व परिस्थितिलाई छोडेर नेपाललाईनै नियालौं, शहरमा मात्र हैन गाउँ ठाउँमा समेत डाईबिटीज र उच्च रक्तचापका बिमारीहरु स्वात्तै बढेका छ्न्। अझ डाक्टरहरु त नेपाललाई मानसिक बिमारीहरुको देश भन्न थालिसकेका छन्। यस्तो अवस्था आउनुमा हाम्रै गलत दिनचर्या प्रमुख जिम्मेवार भएपनि मुख्य रुपमा हामीले लिने स्वासमा दुशीत कुराहरु मिसिनु हो। शहरको हावामा धुलो र धुवाँको मात्रा अतिनै बढी छ भने ग्रामिण इलाकामा स्वस्थ खानेपानीको ठूलो अभाव छ। बनजंगल फडानीको कारणले ग्रामीण क्षेत्रका धेरै धारा, कुवाहरुवाट पानी हराउदै गएको अवस्था छ।
बनजंगलले प्राणी र वनस्पति बिचको इकोसिस्टमको सम्बन्धलाई ठिकठाक रुपमा मिलाएर राखेको हुन्छ तर यदि त्यस्तो अवस्थामा बिचलनको क्रम बढ्दै जान थाल्यो भने अतिब्रिष्टि, अनाब्रिष्टि, बाढि, पहिरो, बनडढेलो , असिनापात जस्ता प्रकोपहरु बढ्दै जान थाल्छन्। र, यहि कुरालाई मध्यनजर राखेर हाम्रो देशमा सामुदायीक बनको अवधारणा ल्याइएको थियो र जुन अत्यधिक सफल भएको अभियान पनि हो। २०५७ बैशाख १६ मा सरकारले निर्णय गरेरनै वन क्षेत्रको जग्गा अन्य फरक प्रयोजनको लागी उपयोग गर्न नदिने प्रतिबध्धता ब्यक्त गरेको थियो। वास्तवमा सामुदायीक बनको अभियानले बन छेउछाउका बासिन्दालाई कसरी बनको संरक्षण र प्रयोगमा सन्तुलन ल्याउने भन्ने कुराको शिक्षा दियो साथै त्यसै रहेका नाङ्गा पाखाहरुमा जागरुक गाँउलेहरुले ब्रिक्षारोपणको आन्दोलननै चलाए। स्थानीय सहभागीता नभई कुनै पनि कार्यक्रम सफल हुदैन भन्ने अवधारणालाई आधार मानेर शुरु गरिएको सामुदायीक बनको जागरणको फलस्वरुप हाल ११ हजार सामुदायीक बन संचालनमा छन् भने यसवाट १२ लाख घरपरिवारका झण्डै ६० लाख जनताले बन पैदावरको फाईदा लीइरहेका छन्।
तर बनको ताजा अवस्था भने बेग्लै छ। बनडढेलोको कारणले देशभरिमै सैयौं हेक्टर बन नाङ्गो पाखोमा परिणत हुदै गइरहेको छ भने चुरे तथा भित्री तराईमा बन फडानी गर्ने काम जोडतोडले चलिरहेको छ। चोरि निकाशी गर्नेहरुको बिगबिगी साथै कहिलेकाहिं सरकार आफै सुकुम्बासीहरुको समस्या समाधान गर्ने जस्ता नाममा ठूलो परिमाणमा जंगल फडानी गर्ने काम भइराखेको छ। पहाडी क्षेत्रवाट बसाई सर्नेहरुपनि प्राय: तराईनै झर्ने हुँदा तराईको जंगल खतरै खतराबाट घेरिएको छ। साथसाथै गणतन्त्रको स्थापना भएयेता तराई क्षेत्रमा हतियारधारी राजनीतिक तथा गैर-राजनीतिक शक्तिहरुको उदय भएको र तिनीहरुले पनि जंगललाई शरण तथा राजनीतिको आधार बनाएको हुनाले के-कति जंगल मासिइसक्यो त्यसको केहि लेखाजोखा छैन। तर बन मासिने क्रम भने निरन्तर जारी छ तराईमा। तर यो पनि चाहना भए रोक्न नसकिने कुरा भने हैन। बन मासिदा स्वयं आफू बस्ने ठाउँलाईनै हानी गर्ने हुनाले त्यो कुराको जानकारी र शिक्षा बिभिन्न संचारका साधनबाट निरन्तर फैलाईरहने हो भने स्थानीय जनताहरु बिस्तारै जंगलको हिफाजतमा अग्रसर हुन थाल्नेछन्। यसरि बन-जंगलको बिनासलाई रोक्ने अनि ब्रिक्षारोपणको अभियानलाई नेपालभरी फैलाई हामी नेपाली, जलवायु परिवर्तनबाट हुने असरलाई धेरै हदसम्म कम गर्ने सक्छौं।
जनसंख्याको ब्रिद्धिदरमा नियन्त्रण
जनसंख्याको ब्रिद्धिदरमा नियन्त्रण गरेर जलवायु परिवर्तनको बज्रप्रहारबाट नेपाललाई हामी सजिलै जोगाउन सक्छौ। हामीसँग जे जति प्राक्रितिक श्रोत उपलब्ध छन् तिनलाई प्रयोग गर्ने जनसंख्या उच्च रुपमा बढ्न नदिनुनै प्रत्येक नागरिकको जिम्मेवारी तथा कर्तब्य हो। यदि जनसंख्या ब्रिद्धी अहिलेको जस्तो २ दशमलव २५ प्रतिशतले ब्रिद्धी हुदै जाने हो भने २०५८ सालको २ करोड ३१ लाख जनसंख्या ३१ बर्षपछिनै दोब्बर हुने निश्चित छ। हाल नेपालको जनसंख्या २ करोड ९५ लाख पुगिसकेको बताइन्छ र बिश्वमा सबैभन्दा बढि जनसंख्याको हिसावले नेपाल चालीसौं स्थानमा उक्लीसकेको कुरा संयुक्त राष्ट्र संघको आँकडाले बताईसकेको छ। यसरी सरसर्ती हेर्दा हाम्रो देशको जनसंख्या ब्रिद्धी अति उच्च रहेको प्रस्ट हुन्छ। तिब्र जनसंख्या ब्रिद्धीले वातावरणीय असन्तुलन त ल्याउछ नै आर्थिक तथा सामाजिक रुपमा सम्बन्धित देशलाई तहस-नहस बनाईदिन्छ। खासगरी जुन देशको क्षेत्रफल सानो छ तर जनसंख्या भने बाईपंखी घोडा जस्तो बत्तिएको बत्तियै छ, त्यो राष्ट्र मा भोक र रोग सायद बोलाईरहनु नपर्ला।
नेपालको उत्तरी भाग हिंउनै हिंउले ढाकिएको, मध्य पहाडी भाग पनि धेरैजसो ठाडो भिरालोयुक्त जमिन भएको हुनाले खेति-बाली लगाउन निकै अफ्ट्यारो भएको तर उब्जाउ तराईको क्षेत्रफल १७ प्रतिशत मात्रै रहेको हुनाले खेतियुक्त जमिनको उपलब्धता नेपालमा एकदम कम छ। अर्कोतर्फ शिक्षा, स्वास्थ्य, यातायात तथा संचार जस्ता सुविधाको बितरण देशका सबै भागमा समान नभएको हुनाले देशको पश्चिम भन्दा मध्य तथा पूर्वमा जनसंख्याको घनत्व निकै बढि छ। पहाडी क्षेत्रको तुलनामा तराई र शहरमा जनसंख्या धेरैनै बाक्लो छ। पूर्वी तथा मध्य पहाड त्यति असहज छैन भने नेपालको सूदुर पश्चिम पहाड धेरै असहज छ। हुम्ला, जुम्लाका नागरिकहरु १ किलो चामलको लागी खाध् संस्थानका कर्मचारीसँग झुत्तो खेलिरहेका हुन्छन् भने झापा, मोरङ् वा चितवनका जग्गावालहरु भारतिय बजारमा चामलको भाउ बुझ्न दिनको तीनपल्ट पुग्छ्न्। यो सरकारी अव्यबस्थाले उब्जिएको देशको अ मिलो परिस्थिति हो भने घर छोडेर अर्को ठाउँ वा देश जाने हाम्रो परम्पराले पनि हाम्रो खाध उत्पादन घटाएको छ। हामी थाहै नपाई हाम्रो उब्जाउ जमीनलाई बर्षैपिच्छे बाँझो छोड्दै छौं। हामी परजीविजस्तै बन्दै छौं। यही नोकरीको संस्कारले नेपालीहरु सन्तानले डाँडा-काँडा ढाकुन् भन्दै कुखुराले अण्डा पारेझै फटाफट सन्तान जन्माइरहेछौं। सरकारी तथ्यांकलाई हेर्ने हो भने पनि नेपाली महिलाले औसतमा चारवटा बच्चा जन्माउछन्। धेरै बच्चा जन्माउनुमा रुढिबादी तथा अन्धबिश्वासले पनि काम गरेको छ। जसरी र जुन कारणले भएपनि देशको जनसंख्या तिब्र गतिमा बढ्दा त्यसको सिधा असर देशको प्राक्रितिक श्रोत साधनमा पर्छ र जव श्रोत साधन थाम्नै नसक्ने गरि कम हुन थाल्छ तव प्रक्रितिले बिनासको भिन्न भिन्न स्वरुप देखाउन थाल्छ अनि फेरि त्यहि मानव जातिकै रुवाबासी चल्छ डुवानमा परेर, बाढि-पहिरोमा परेर, आगलागिमा परेर वा लामो खडेरीको कारण लगाएको बाली नष्ट भएर।
नेपालमा तिब्र गतिमा बढ्दै गरेको जनसंख्याको ब्यवस्थापन गर्नलाई सरकारले प्रभावकारी तथा आकर्षक योजना ल्याईहाल्नुपर्ने जरुरी छ। निम्म माध्यमिक तथा माध्यमिक तहको पाठ्यक्रममा यौन, प्रजनन तथा जनसंख्या शिक्षा अनिवार्य पढाईनु पर्छ। "दुई सन्तान ईश्वरका बरदान" नारामा मात्र हैन कानूनमै लेखिनु पर्छ। परिवार नियोजन कार्यक्रमलाई खासगरी देशका ग्रामिण भेगमा प्रभावकारी बनाईनुपर्छ। अहिलेनै केहि गरिहाल्ने समय आइसकेको छ, नेपालको उच्च जनसंख्या ब्रिद्धी कम गरि राज्यलाई सम्रिद्ध बनाउनको लागी अनि जलवायु परिवर्तनको प्रभावबाट देशलाई जोगाउनको लागी।

हाल: दुवई, युएई।
No comments:
Post a Comment