-सुदीप अधिकारी-
यूएईलाई कामको गन्तव्य बनाउने नेपालीहरुको संख्या जति जति बढ्दै छ त्यतिनै म्रीत्युका खबरहरु आजकल बाक्लिदै जान थालेका छन्। मार्चको पहिलो हप्ता नुवाकोट स्थायी घर भएका,नाताले काका भतिज पर्ने पूर्ण बहादुर सडौला र विचारी सडौलाको लाश शारजाहस्थित भतिज विचारीको कोठामा ह्रिदयविदारक अवस्थामा फेला पर्यो भने त्यहि हप्ता गोर्खा स्थायी घर भएका सुरक्षागार्डमा कार्यरत अर्का नेपाली पदमबहादुर गुरुङलाई अज्ञात व्यक्तिहरुको छुरा प्रहार गरि हत्या गरे।यहाँ एकातिर यस्तै नेपालीहरुप्रति हत्याका घटना घटाईन थालिएको छ भने साथसाथै कतिपय अवस्थामा नेपालीहरुले आत्महत्या गरेका समाचार पनि निक्कै सुनिन थालेको छ।
शारजाहमा घटेको काका-भतिजको म्रित्युको घटनाको बारेमा स्थानिय छापाहरुले प्रमुखताका साथ समाचार छापेपछि खासगरी नेपाली समुदायमा खलबलिनै मच्चिएको थियो। बिभिन्न कारणबाट नेपालीहरुको म्रित्यु भएको खबर स्थानिय पत्रिका तथा अन्य संचार माध्यम मार्फत आजकल बढ्तानै आउन थालेको छ। कोही बाटो काट्न हत्तारिदा उच्च गतिको गाडिको कुल्चाईमा पर्छन् त कोहि कार्यक्षेत्रमै दुर्घटनामा परेर ठाउँको ठाउँ ठहरै हुन्छन्। आकस्मिक रुपमा घट्ने घटना त मानविय नियन्त्रण भन्दा परको कुरा हुन्छ तर कतिपय म्रित्युहरु भने मानव आफैले निम्त्याउने गरेको पनि देखिन्छ।
यूएईको समाज खुलापनमा आधारित छ। महत्वाकांक्षी परियोजनाको निर्माण तथा बिकासक्रमले दुवई र आबुधाबी चम्किदा छन्।नेपाली खुला-रहनसहनमा हुर्किएका हामीहरुलाई यहाँ पनि खुलापनकै अनुभव हुन्छ।त्यसैले पनि होला खाडि राष्ट्रहरुमा यूएई अव नेपालीहरुको दोश्रो रोजाईमा पर्न थालेको छ।श्रम विभागको विवरणलाई पल्टाउदा यहि तथ्य देखिन्छ। अवसरै अवसरको यो देशमा बिकास निर्माण द्रुत गतिमा अघि बढ्दै जाँदा समस्याहरुको चाङ् पनि चुलिदै जान थालेको छ, भुक्तभोगीहरु यही बताउछन्।
विश्वमै नाम चलेका वहुराष्ट्रिय कम्पनिहरुले यहाँ पहिलेजस्तो आफ्नै आवासमा कामदारहरुलाई राख्ने परम्परा हट्दै गएको छ। फलस्वरुप काठमाडौको गल्ली-गल्लीमा कोठाको लागि भौतारिएजस्तै अव यूएई छिर्ने कामदारको दैनिकी पनि त्यस्तै बन्दै जान थालेको छ। सायद भूमण्डलीकरणको प्रभाबले होला काठमाडौमा डेरा पाउन गार्हो परेजस्तै यहाँपनि घरमालिकबाट कोठा दिनु अधि डेरा बस्नेको "तीन पुस्ते"बुझ्ने प्रयास हुन्छ। बसेको तीन महिना नबित्दै नगरपालिकाले घर भत्काउने भो भन्ने बहानामा घरपटिले एक हप्ताको म्याद दीई कोठा खाली गर्न भन्दा फेरी काठमाडौकै झलझली याद दिलाउछ। अझ समस्या त बहालको हो।काठमाडौमा १५०० रुपैयांमा पाईने आकारको कोठालाई यहाँ नेपाली रुपैयाँ ६०००० देखि ७०००० सम्म पर्न थालेको छ। धट्ने त नामै नलिउ बढ्ने यो रफ्तारले नेपालीको आयलाई अरु घटाउने निश्चित छ। नेपाली मात्र हैन अन्य राष्ट्रका नागरिकको पनि यहाँको महंगाईले सातो खान थालेको छ। जुन कम्पनिहरुले आफ्नै आवासमा कामदारलाई राख्छन् तिनीहरुले तलबबाट मनग्ये पैसा काटिसकेका हुन्छन्। यस्ता आवास आधाअस्तो अव्यवस्थित तथा असुरक्षित छन्। कतिपय आवासमा त बिजुली पानीको बिलको पैसा पनि कामदारको तलबबाट काटिने गरेको गुनासो आउने गरेको छ।
झन ट्राफिक जाम त दुवईको विशेशतानै भैसकेको छ। ड्युटीमा जाँदा वा फर्कदा सार्वजनिक बस सेवाको उपयोग गर्न पाइयो भनेपनि आफूलाई भाग्यमानी संझनुपर्ने दिन आईसकेको छ। ट्याक्सी र बस बाहेक सार्वजनिक सेवाका कुनै साधन नभएको हुनाले आफ्नो निजी कार नहुनेहरुको यहाँ विचल्निनै छ भन्दा हुन्छ।त्यसैले यूएई, खासगरी दुवईमा बसोबास गर्नेलाई, यो ठाउँमा सबैकुरा भएर पनि धेरै कुरा नभएको अनुभूति हुन्छ।
लेखको शुरुमै भनिएजस्तो यूएईमा नेपालीहरुको म्रित्युदर सामान्यभन्दा बढिनै उकालो लाग्न थालेपछि यहाँ बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायमा चासो र चिन्ताको बिषय बनेको छ। त्यसमा पनि नेपालीको म्रित्युको कारणमा आत्महत्या र हत्याको स्थान ठूलो रहनु भनेको सामाजिक समस्यानै बढेको भन्नुपर्ने हुन्छ। वास्तबमा नेपाली समुदाय भित्रै हत्या तथा आत्महत्याको घट्ना बढ्नुमा हाम्रो आफ्नै अनुशासनहिनता तथा सोच पनि केही जिम्मेवार छ। नुवाकोटको एउटा वस्तीबाट परिवारको मुख उज्यालो पार्न सकिएला भनेर कति दुखले यूएई छिरेका ति काका-भतिज म्रित्युको मुखमा पुग्नुमा एउटा बलियो कारण मादक पदार्थ अनुमान गरिएको छ। भतिजलाई भेट्न काका छुट्टी मनाउने गरि दुवईबाट शारजाह गएका छन् र पछि उनीहरुले कोठामा सक्दो सम्म मादक पदार्थ सेवन गरेका छन्। प्रहरिले बरामद गरेको थुप्रै वियरका क्यानबाट यहि कुराको पुष्टि हुन्छ।यो घटनामा प्रहरिले काका भतिजबिचमै झगडा भएको प्रारम्भिक रिपोर्ट बाहिर ल्याएको थियो भने अनुसन्धान जारि राखेको बताएको थियो। यहाँनिर खास के भन्न खोजिएको हो भने परिवारका ठूलाबडा वा पति-पत्निको नजरबाट मुक्त भएको ठानी दुर्व्यसन तथा गलत काममा फस्दै गईयो भने त्यसले एकदीन न एकदीन त बिनास निम्त्याएरै छाड्छ। यूएईका छरपस्ट डिस्को र वारहरुमा नेपालीहरुको ठूलो हिस्साले धाउनु एउटा वास्तबिकता हो भने अर्को तितो सत्य यो हो कि घरमा झरझराउदी अर्धाङ्रिनी भएका कतिपय नेपालीहरु यहाँ अघोषित दोश्री श्रीमति राखेर ढुक्कले बसेका छ्न्।गुण बढी खाए तितो हुन्छ भनेझै हर कुरा सिमितता भित्र मात्र राम्रो हुन्छ र देखिन्छ। नेपालीहरुले यसरी यहाँ मादक पदार्थमा भुल्नुको सट्टा समुन्द्री किनार वा पार्कमा गएर पिकनिक मनाउने गर्ने गरे स्वस्थ मनोरन्जन र छुट्टी दुबै हुने थियो कि।
नेपालीहरु बिभिन्न कामको सिलसिलामा यूएईमा मात्र हैन विश्वभरि छरिएका छन् र यो क्रम द्रुत गतिमा बढ्दो छ। पढाईलाई आधार बनाएर धेरै नेपाली यूरोप, अमेरिका छिरिरहेका छन् भने कामको लागि जापान, कोरिया, मध्यपूर्व तथा सूदुरपूर्व हानिनेहरुको ताँति बढेको बढै छ। अ-आफ्नो उध्धेश्य लिएर देश छोडेको नेपाली, अमेरिकी सडकमा दुर्घटनामा परेर म्रित्यु भएको होस् वा कतारको सडक चौडा पार्दै गर्दा क्रेन खसेर ठाउँको ठाउँको ठहरै भएको होस् आखिर देशले आफ्नै होनहार नागरिक गुमाएको हो।भोलि नेपाल आफै निर्माणको चरणमा प्रवेश गर्दा सिप सिकेका, जान्ने बुझ्ने मान्छेनै चाहिन्छन्। र, यदि राज्य आफ्ना नागरिक बिदेशी भूमिमा पनि बढि भन्दा बढि सुरक्षित रहुन् भन्ने चाहन्छ भने आफ्ना प्रत्येक नागरिक, कामको लागि होस् वा अध्ययन तथा व्यापारको लागि विदेशिन लागेको होस्, उसलाई अभूमुखिकरण तालिम जस्तै अन्य बढि सचेततासम्बन्धी ग्यान दिलाएर पठाउने गरियो भने नागरिक, समाज अनि अन्तत देशकै भलो हुने थियो।

दुवई, यूएई